यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
“रुझेको रात” (कविता) – रचना माेक्तान. रचना माेक्तान मध्यरातमा चिसो बतासले घरीघरी ढोकाको गालामा निर्दयताको थप्पड हानेपछि घरीघरी झ्यालको छातीबाट खुशीका चुकुल उक्काए पछि कुहिएको छानाबाट ओछ्यानमा आकासका आँसु चुहिएर नानीहरूलाई ओडाएको एक अङ्गालो माया लछप्पै भिजेपछि भाइबहिनीहरू सुत्न सक्दैनन ओछ्यानमा पोखरी जमेको छ मेरो सानो संसारमा यही झुपडीको आङ् टाल्नको लागि परदेशीएका बाबा आमा रसाईरहेका छन् मेरा आँखामा।. बेस्सरी मुटु फुट्ला झैं गरी उकुसमुकुस भएर/अत्तालिँदै-अत्तालिँदै भाइबहिनीहरूलाई काखी च्याप्दै बाहिर चिसो पिढीँमा निक्लन्छु र हेर्छु चारैतिर आकाश रिसाएको मानौ कुनै अप्रिय युद्ध हुदैछ गरिबी संग जूनताराहरू ग्रहणले झैं खप्लक्कै निलेर बिछ्याईरहेछ धर्तीमा निश्पट्ट काला हृदयका कार्पेटहरू ।. झारिरहेछ विधवा दिदीको सिउँदो बाट बगेको आँसु जस्तै अविरल वर्षाहरू बहुलाएकाछन उत्पिडनका आक्रान्त पागल झैं खहरेहरू आवाज आएको छ डरलाग्दा भू-स्खलनका बगेका छन मेरो जस्तै सपना हेरिरहेका स- साना झुपडीहरु कोलाहल र चिच्याहट छ पारी गाउमा यो रात मलाई आफ्नै मृत्यु पर्खिरहेको रात झै लागिरहेछ. कसैले सुनाईदिएका छैनन् बगिगएका गाउँको रोदनको कथा बुझेका छैनन् कसैले बगाई लाने खोलाको कविता अनि घोरिएर सोचिरहन्छु वातानुकुलित महलमा बस्नेहरूले यस्ता विपत्तिहरूको सामना गर्छन् कि गर्दैनन् होला? यो मध्य रातमा मलाई जस्तै/पारी गाउँलेलाई जस्तै छट्पटी हुन्छ कि हुँदैन होला? निन्द्रा बिथोलिएर सपनाको साहदत हुन्छ कि हुदैन होला ।. म भने दुखको प्रसब व्यथामा छट्पटिएर स्वर्णिम बिहानी जन्माउने व्यग्र प्रतीक्षा गरिरहन्छु!! आँखामा एक भारी बाआमाको सम्झना बोकेर!!! ******. (कवियित्री माेक्तान तामाङ समुदायकी उदियमान संघर्षशील युवा प्रतिभा हुन् ).
“रुझेको रात” (कविता) – रचना माेक्तान
रचना माेक्तान
मध्यरातमा चिसो बतासले
घरीघरी ढोकाको गालामा निर्दयताको थप्पड हानेपछि
घरीघरी झ्यालको छातीबाट खुशीका चुकुल उक्काए पछि
कुहिएको छानाबाट ओछ्यानमा आकासका आँसु चुहिएर
नानीहरूलाई ओडाएको एक अङ्गालो माया लछप्पै भिजेपछि
भाइबहिनीहरू सुत्न सक्दैनन ओछ्यानमा
पोखरी जमेको छ मेरो सानो संसारमा
यही झुपडीको आङ् टाल्नको लागि
परदेशीएका बाबा आमा रसाईरहेका छन् मेरा आँखामा।
बेस्सरी मुटु फुट्ला झैं गरी
उकुसमुकुस भएर/अत्तालिँदै-अत्तालिँदै
भाइबहिनीहरूलाई काखी च्याप्दै
बाहिर चिसो पिढीँमा निक्लन्छु र हेर्छु चारैतिर
आकाश रिसाएको मानौ कुनै अप्रिय युद्ध हुदैछ गरिबी संग
जूनताराहरू ग्रहणले झैं खप्लक्कै निलेर
बिछ्याईरहेछ धर्तीमा निश्पट्ट काला हृदयका कार्पेटहरू ।
झारिरहेछ विधवा दिदीको सिउँदो बाट
बगेको आँसु जस्तै अविरल वर्षाहरू
बहुलाएकाछन उत्पिडनका आक्रान्त पागल झैं खहरेहरू
आवाज आएको छ डरलाग्दा भू-स्खलनका
बगेका छन मेरो जस्तै सपना हेरिरहेका स- साना झुपडीहरु
कोलाहल र चिच्याहट छ पारी गाउमा
यो रात मलाई
आफ्नै मृत्यु पर्खिरहेको रात झै लागिरहेछ
कसैले सुनाईदिएका छैनन् बगिगएका गाउँको रोदनको कथा
बुझेका छैनन् कसैले बगाई लाने खोलाको कविता
अनि घोरिएर सोचिरहन्छु
वातानुकुलित महलमा बस्नेहरूले
यस्ता विपत्तिहरूको सामना गर्छन् कि गर्दैनन् होला ?
यो मध्य रातमा मलाई जस्तै/पारी गाउँलेलाई जस्तै
छट्पटी हुन्छ कि हुँदैन होला ?
निन्द्रा बिथोलिएर सपनाको साहदत हुन्छ कि हुदैन होला ।
म भने दुखको प्रसब व्यथामा छट्पटिएर
स्वर्णिम बिहानी जन्माउने व्यग्र प्रतीक्षा गरिरहन्छु !!
आँखामा एक भारी बाआमाको सम्झना बोकेर !!!
******
(कवियित्री माेक्तान तामाङ समुदायकी उदियमान संघर्षशील युवा प्रतिभा हुन् )