विश्वासको मतको पक्षमा ६३, विपक्षमा १९४ मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा विश्वासको मत लिनुभएको छ । प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ६३ सांसदको मत प्राप्त भयो भने विपक्षमा १ सय ९४ मत परेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्नुभएको थियो । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको छ ।
सदनमा उपस्थित २५८ सदस्यमध्ये एक जना प्रतिनिधि सभाका सदस्य भने तटस्थ बस्नुभएको छ । बैठकमा विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको हो। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो।
असार १७ गते कांग्रेस–एमालेबिच सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्री पाँचौँ पटक विश्वासको मतको प्रस्ताव राख्नुभएको हो। प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र नेकपा ९एकीकृत समाजवादी० ले साथ दिए पनि त्यो पर्याप्त भएन ।