कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने एक बालक बेपत्ता

मूलखबर संवाददाता
काठमाडौं

सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने क्रममा आइतबार राती एक बालक बेपत्ता भएका छन् । कोशी ब्यारेज पुलमा भालासहित दाउरा सङ्कलन गर्ने क्रममा दाउरासँगै पुलबाट खसेर एक बालक बेपता भएका हुन् ।

स्थानीयवासी देवराज यादवको अनुसार कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने भारतीय १६ वर्षीय बालक रुपेश सदा बेपत्ता हुनुभएको छ ।

सदाको शव हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले कोशीको सप्तरी खण्डको पुलमा घटना भएको जानकारी दिनुहुँदै थप विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।

छान्नुहोस् र सुन्नुहोस्