फ्रान्सका राष्ट्रपति म्याक्रोनद्वारा संसद् विघटन, निर्वाचनको घाेषणा

मूलखबर संवाददाता
काठमाडौं

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गरेका छन् ।

बीबीसीका अनुसार युरोपेली संसदको मतदानमा विपक्षी नेता विजयी भएपछि उनलेे संसद विघटन गरेका हुन् । उनलेे  आफ्ना प्रतिद्वन्द्वी मारिनले पेनको नेसनल र्‍यालीले  जित हासिल गरेपछि उनले संसद् भंग गर्दै यस महिनाको अन्त्यमा संसदीय निर्वाचन गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति म्याक्रोनले पेरिस ओलम्पिकभन्दा केही साताअघि जुन ३० र जुलाई ७ गरी दुई चरणको मतदान हुने बताएका छन् ।

फ्रान्सको ईयू चुनावमा मतदान बन्द भएको र एक्जिट पोल घोषणा भएको एक घण्टापछि एलिसी प्यालेसबाट टेलिभिजनबाट म्याक्रोनले नाटकीय र आश्चर्यजनक रूपमा उक्त निर्णय सुनाएका हुन् ।

एक्जिट पोलले दक्षिणपन्थी पार्टीले ३२ प्रतिशत भोट जित्ने बाटोमा रहेको देखाएको छ । जुन राष्ट्रपतिको रेनसेन्स पार्टीको भन्दा दोब्बर बढी मत हो ।

राष्ट्रिय र्‍यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले संसदीय निर्वाचनको आह्वान गर्न राष्ट्रपतिलाई खुलेर आग्रह गरेपछि म्याक्रोनले चुनावको घोषणा गरेका हुन् ।