काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु, जिल्लामै पहिलो

मूलखबर संवाददाता
काठमाडौं, १४ जेठ

बागमती प्रदेश अन्तरगतकाे काभ्रे जिल्लाकाे विकट गाउँपालिकाकाे रूपमा चिनिने महाभारत गाउँपालिका शून्य बेरूजु कायम गरि रेकर्ड राख्न सफल भएको छ ।

महालेखापरिक्षककाे कार्यलयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल देखिएको हाे ।

महालेखा परिक्षक कार्यलयले सार्वजनिक गरेकोे ६१औ प्रतिवेदनअनुसार महाभारत गाउपालिकाले लेखापरीक्षणमा शून्य बेरुजु कायममा राखी नया रेकर्ड कायम गरेकोेमा गाउँपालिका अध्यक्ष कान्छामान जिम्बाले राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरु, राजनैतिक दलहरु नागारिक समाज, पत्रकार र जनसमुदायलाई धन्यवाद दिएका छन् । साथै उनलेे आफ्नो कार्यकालमा मात्रै नभई बाँचुन्जेल राम्रो गर्न र जनताको सेवा र विकासमा लाग्ने प्रतिवद्वता पनि व्यक्त गरेका छन् ।