भेटियाे नेपालमा काेराेनाकाे नयाँ भेरियन्ट, नाम केपी १
काेराेनाकाे कहर सकियाे भनेर मख्ख परेका बेला नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ सवभेरिएन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिनोम सिक्वेन्सिङमा कोभिड–१९ को नयाँ सवभेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ भेटिएको हो ।
अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ–नयाँ भेरिएन्ट फेला परेका थिए । ‘केपी.१’ र ‘केपी.२’ ओमिक्रोनका सवभेरिएन्ट हुन् ।
पछिल्लो समय भारत, सिंगापुर, अमेरिकासँगै अफ्रिकी मुलुकमा ओमिक्रोनका नयाँ सवभेरिएन्ट ‘केपी.१’, ‘केपी.२’, ‘केपी.३’, ‘केपी.४’ देखिएको थियो । नेपालमा पनि ४० कोभिड संक्रमितको नमुना जिनोम सिक्वेन्सिङ गरेको थियो, जसमा ४२ प्रतिशतमा नयाँ भरियन्ट भेटिएको छ ।
२ नमुनामा ओमिक्रोन (जेएन.१), १२ नमुनामा न (बीए.२), १७ नमुनामा (केपी.१), एक नमुनामा (केपी.२) र क्रमशः १ नमुनामा (केपी.३) र (केपी.४) भेटिएको हो ।