माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालकाे दाेश्राे राष्ट्रिय सम्मेलन हुँदै, यस्तो छ तयारी
माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले दाेश्राे राष्ट्रिय सम्मेलन गर्दैछ । नेकपा माओवादी केन्द्रकाे जातीय माेर्चाकाे रूपमा रहेकाे याे माेर्चाले विधिवत रूपमा दाेश्राे राष्ट्रिय सम्मेलन गर्न लागेकाे माेर्चाका अध्यक्ष तथा संविधानसभा सदस्य तुलाबहादुर माझीले बताए ।
गणतन्त्र, सामाजिक न्याय, सुशासन र समृद्धिकाे पक्षमा हाम्रो अभियान ! माझी पहिचान सहितको स्वायत्त क्षेत्र स्थापनाकाे लागि दाेस्राे राष्ट्रिय सम्मेलन !! भन्ने मुल नाराका साथ माेर्चाले दाेश्राे राष्ट्रिय सम्मेलन गर्न लागेकाे हाे ।
मकवानपुर जिल्लाकाे वागमती गाउँँपालिकाकाे पाँचपाण्डव झुरझुरेमा चैत १७ र १८ दुइदिन राष्ट्रिय सम्मेलनकाे आयाेजना गरिएको माेर्चाका महासचिव एवम् प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जानकारी दिइन्। उनका अनुसार माेर्चाकाे दाेश्राे राष्ट्रिय सम्मेलनमा देशभरबाट प्रतिनिधिहरूकाे उपस्थिति रहनेछ । सम्मेलनबाट नयाँ कार्यसमिति पनि चयन हुनेछ ।
सम्मेलनमा उर्जा जलश्राेत तथा सिंचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतकाे प्रमुख अतिथि रहनेछन् भने पुर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिकाे रूपमा उपस्थित हुने कार्यक्रम छ । कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, राष्ट्रिय सभा सदस्य तथा माओवादी नेता शुरेश आलेमगर, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, सुस्पा भुजेल, पुर्व सांसद वुद्विमान माझी, गाउँपालिका अध्यक्ष सर्केश घलानलगायत विशिष्ट व्यक्तित्वकाे उपस्थिति रहने आयाेजकले जनाएका छन् । त्यसैगरी मकवानपुर जिल्लाका राजनीतिक पार्टीका नेताहरू, सञ्चारकर्मीहरू र जनसमुदायको पनि उद्घाटन समाराेहमा उपस्थिति रहनेछ ।
सम्मेलनमा जनयुद्धको क्रममा सहिद भएका माझी समुदायका परिवारलाई सम्मान, घाइते याेद्वाहरू र परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेकाे छ ।
सम्मेलनकाे तयारी पुर्ण रूपमा भएको केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझीले बताएकी छिन् । उनका अनुसार देशैभरबाट प्रतिनिधिहरू आउने क्रम शुरू भएको छ । प्रचारप्रसारकाे काम सकिएकाे छ । सम्मेलनकाे व्यवस्थापन जिल्ला समिति मकवानपुरले गरेकाे छ । सम्मेलन दुइदिन चल्नेछ ।