गठबन्धन चारै वर्ष जान्छ : एमाले
नेकपा एमालेले गठबन्धन चारै वर्ष चल्ने बताएको छ ।
सरकारमा सहभागी भएपछि पहिलो पटक बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी ओलीले कांग्रेससहितका गठबन्धन केही समय अघिदेखि नै टुटाउने प्रयास सफल भएको उल्लेख गर्दै नयाँ गठबन्धनलाई आगामी चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको उल्लेख गरेका हुन् ।
गठबन्धनलाई आगामी चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको उनलेे उल्लेख गरे ।
गठबन्धन सरकारलाई चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको छ । हामी सरकारमा मन्त्रालय लिन उदार भएर सहभागी भएका छौं,’ ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘हामीले गठबन्धन भत्काउन प्रयास गरिरहेका बेला कांग्रेससित प्रधानमन्त्री प्रचण्डको दूरी बढ्यो । त्यसपछि हामी नयाँ गठबन्धन बनाउन सफल भयौ । हामी मुलुकलाई स्थायित्व दिने अघि बढनुपर्छ ।’