दक्षिण एसियामै भारतलाई टक्कर, माल्दिभ्सका राष्ट्रपतिले देखाएको अनौठो साहस

मूलखबर संवाददाता
काठमाडौं

माल्दिभ्स दक्षिण एसयाको सानो मुलुक हो। यहाँको भूगोल मात्र होइन जनसंख्या पनि सानो छ। तर त्यहाँका राष्ट्रपतिले भारतविरुद्ध दक्षिण एसियामै अनौठो साहस देखाएका छन्।

राष्ट्रपति महोमद मैजूले मालदिभ्सको आकार सानो हुनुको अर्थ उसलाई हेप्ने लाइसेन्स नभएको बताएका छन् । भारतलाई लक्षित गर्दै राष्ट्रपति मैजूले यस्तो भनेको मालदिभ्सको अखबार अटोल टाइम्सले उल्लेख गरेको छ ।

भारतसँगको तनावको आयतन बढिरहेको बेला शनिवार मैजूले यस्तो बताएका हुन् । मालदिभ्सको भेलेना अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको राजकीय भ्रमण सकेर ओर्लेर मैजूले पत्रकारहरूसँग आधा घण्टा भएको कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले पत्रकारसँग आफ्नो कुराकानीको बिट मार्दै अंग्रेजी भाषामा भनेका थिए,‘हामी सानो हौँला तर त्यसको मतलब तिमीले हामीलाई हेप्ने लाइसेन्स पाउनु होइन ।’
मुइज्जु सरकारले आफ्नो देशमा रहेका भारतीय सैनिकलाई देश छाड्न ‘डेडलाइन’ पनि दिएको छ। भारतसँग सम्बन्ध बिग्रिरहेको अवस्थामा माल्दिभ्स सरकारले सन् २०२४ को मार्च १५ सम्ममा भारतीय सैनिकलाई देश छाड्न समय दिएको हो।

माल्दिभ्सको विदेश मन्त्रालयले दुवै देश भारतीय सैनिक फिर्ता गराउने प्रक्रिया सुरु गर्न तयार भएको जनाएको छ। यद्यपि, भारतको विदेश मन्त्रालयले भने माल्दिभ्सले दिएको ‘डेडलाइन’बारे केही प्रतिक्रिया दिएको छैन। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने उच्चस्तरीय बेठक भएको र दुई देशीबीच आपसी सहयोग बढाउनेबारे चर्चा भएकोमात्र उल्लेख छ।

लक्षद्विपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि मुइज्जु सरकारका तीनमन्त्रीको अभिव्यक्तिलाई लिएर अहिले दुई देशबीच दुरी बढिरहेको छ। भारतीयहरुले माल्दिभ्स भ्रमण रद्द गरेर ‘बायकट माल्दिभ्स’ अभियान संचालन गरिरहेका छन्। यस्तो अवस्थामा माल्दिभ्सले भारतीय सैनिकलाई देश छाड्ने ‘अल्टिमेटम’ दिएको हो।

हाल माल्दिभ्समा ८८ जना भारतीय सैनिक रहेको बताइन्छ। भारतीय सैनिकलाई माल्दिभ्सबाट हटाउने ‘इन्डिया आउट’ नारा लिएर राष्ट्रपति निर्वाचन जितेका मुइज्जु चीन नजिक मानिन्छन्। यसअघिका राष्ट्रपतिहरुले पहिलो भ्रमण अधिकांश समय भारतबाट सुरु गर्ने भए पनि उनी भने चीन गएका थिए।

चीन गएकै बेला मोदीप्रतिको अभिव्यक्तिले गर्दा उनलाई धक्का लागेको थियो। अर्को धक्का भने उनलाई राजधानी मालेमा लाग्यो। मालेको मेयरमा बहाल रहेको बेला मुइज्जुले राष्ट्रपति निर्वाचन लडेका थिए। उपनिर्वाचनमा भने मेयर पदमा उनको दल पराजित हुन पुगेको छ।

यस्तै हिन्द महासागर बारेमा बोल्दै मैजूले हिन्द भारतलाई संकेत गरेर हिन्द महासागर कुनै एकल देशको सागर नभएको बताएका छन् ।

मालदिभ्समा भएका भारतीय सैनिकहरूलाई हटाउने ‘इन्डिया आउट’ नारा लिएर चुनाव जितेका मैजूले मालदिभ्सका राष्ट्रपतिको पहिलो राजकीय भ्रमण भारत गर्ने परम्परा पनि तोडेका छन् । उनले पहिलो राजकीय भ्रमण टर्की गरे ।

पहिलो अनौपचारिक भ्रमण दुबई गरे । त्यो भ्रमणमा उनको भारतीय प्रधानमन्त्री मोदीसँग भेट भएको थियो । दोस्रो राजकीय भ्रमण उनले चीनको गरेका छन् ।