रूपान्तरण अभियान सकिएकाे हाेइन शुरूवात मात्रै भएको हाे : नेतृ केसी
नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले माओवादीकाे रूपान्तरण अभियान समापन नभई उदघाटनमात्रै भएकाे बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालकाे कर्णाली प्रदेश समिति बैठकमा सम्बाेधन गर्दै माओवादी नेतृ समेत रहेकी अध्यक्ष केसीले कर्णाली प्रदेशकाे माओवादी र प्रेस सेन्टर नेेपालले पार्टी र देशलाई नयाँ सन्देश दिन आवश्यक भएको बताउनुभयाे ।
उहाँले जनतासँग माओवादी : विशेष रूपान्तरण अभियानले नेतादेखी कार्यकर्ता रूपान्तरणकाे प्रक्रिया शुरूवात भएको बताउँदै रूपान्तरण अभियान निरन्तर जारी राख्नुपर्ने बताउनुभयाे । अभियान सफल भएको निश्कर्ष प्रदेश समितिकाे रहेकाे उहाँले जानकारी गराउनुभयाे ।
उहाँले अभियानले क्रियात्मक मात्रै नभएर नेता, कार्यकर्ता र जनतासम्म भावनात्मक सम्बन्ध विकासमा पनि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको अनुभुती पनि राख्नुभयाे ।
केसीले प्रेस सेन्टरका सदस्यहरूले पार्टीको र संगठनकाे विधानलाई समयसापेक्ष र वस्तुवादि बनाउन सकारात्मक भुमिका निर्वाह गर्न अपील गर्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको विधानहरूकाे तुलनात्मक अध्ययन गर्न र उत्कृष्ट विधान निर्माण गर्न निर्देशन समेत दिनुभयाे ।