गठबन्धनसँग सिट बार्गेनिङ नमिलेपछि एमालेले राष्ट्रिय सभामा उठायाे १९ उमेदवार (नामावली)
सत्ता गठबन्धनसँग केही सिट बार्गेनिङ गरिरहेकाे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १९ उम्मेद्वारको नाम तय गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले निर्वाचनका लागि पार्टीबाट नाम टुंगो लागेको जानकारी दिए । कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) तय भएको छ ।
बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता÷अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट धु्रवराज विश्वकर्मा (धादिङ)को नाम तय भएको छ ।
गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता/अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु) र दलितबाट हिक्मत विक (दैलेख) लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन् । राष्ट्रियसभा निर्वाचनका लागि भोलि (सोमबार) उम्मेदवारी मनोनयन हुनेछ ।