गाजाको बेहाल- उपचार नपाएर मर्दै मानिस, इजरायल भन्छ- आक्रमण रोकिन्न
राष्ट्रसंघले इजरायली हवाई आक्रमणबाट घाइते भएकाहरुको उपचारमा कठिनाइ भएको जनाएको छ । गाजाको पछिल्लो अवस्थाको अनुगमन गर्न गाजा पुगेका राष्ट्रसंघीय अधिकारीले आक्रमण नरोकिदा घाइतेको संख्या दिनहुँ बढ्दै गएको बताएका छन् ।
राष्ट्रसंघका अनुसार विरामीहरु उपचार गर्न संघर्ष गरिरहेका छन् । अस्पतालमा विरामी राख्ने ठाउ समेत छैन । संयुक्त राष्टसंघको मानवीय एजेन्सीका जेम्मा कोनेलले गाजाको अल अक्सा अस्पतालमा देखिएको दृष्यलाई पूर्ण नरसंहारका रुपमा व्याख्या गरेका छन् ।
अस्पताल भरिभराउ भएपछि गम्भीर घाइतेहरुको समेत उपचार हुन सकिरहेको छैन ।
इजरायललाई हवाई आक्रमण रोक्न अमेरिकाले आग्रह गरिरहदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने गाजामा सैन्य अभियान अझै पूरा नभएको बताएका छन् । गाजाको भ्रमणगर्दै प्रधानमन्त्री नेतान्याहुले आक्रमण थप बढाउन निर्देशन दिएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलले आफ्नो आक्रमण कम गर्नु पर्ने बताए लगत्तै नेतान्याहुले इजरायल थप आक्रामक रणनीतिमा लागेको सन्देश दिएका छन् ।