नेपालद्वारा छुट्टै राउण्डटेबल मिटिङकाे सञ्चालन, राष्ट्रसंघ महासचिवकाे सम्वाेधन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिमालय : कसले बचाउँछ हामीलाई जलवायु संकटबाट ? भन्ने शिर्षककाे कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।
नेपालले जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघको कार्यक्रममा छुट्टै इभेन्टको आईतबार अध्यक्षता गर्दै प्रचण्डले साे कार्यपत्र प्रस्तुत गर्नुभएको हाे । नेपालले आफ्नो अध्यक्षतामा High level Meeting संचालन गरेको यो पहिलो पटक हो।
प्रधानमन्त्री प्रचण्डद्वारा प्रस्तुत गरिएको कार्यपत्रकाे शीर्षक छ- The mountains: Who saves us from the climate crisis ? उहाँले उच्चस्तरीय राउण्ड टेबल मिटिङमा आफ्नो सम्बोधनसहित अध्यक्षता गर्नु भएको हाे।
नेपालले जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघको कार्यक्रममा छुट्टै इभेन्टको अध्यक्षता गर्दै High level Meeting संचालन गरेको यो पहिलो पटक हो।
बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टाेनियाे गुटेरेसले विशेष सम्बोधन गर्नु भएको छ भने एन्डाेराका प्रधानमन्त्री महामहिम जाभिरे स्पाेट जामाेरा, किर्गिज रिपब्लिकका विदेशमन्त्री जिबेक कुलुवायभ र भुटानका स्टेट सेक्रेटरीले सम्बोधन गर्नु भएको छ।
बैठकमा नेपाल देखि अन्टार्कटिकासम्म देखिएको जलवायु परिवर्तनको असर र मानव जीवनमा यसले पारेको नकारात्मक प्रभावबारे आइसिसिआई, इसिमोड लगायतका अन्तर्राष्ट्रिय संस्थासङ्ग आवद्ध विषय विज्ञद्वारा प्रस्तुतिकरण गरिएको छ भने विश्व खाद्य प्रमुख डा. क्यु डाेंगेउले जलवायु परिवर्तनले कृषि तथा खाध प्रणालीमा पारेको प्रभावबारे चर्चा गर्नु भएको छ।