इजरायली आक्रमणमा हमासका तीन नेतासहित कमान्डर मारिए
हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार जनाएको छ ।
इजेदिन अल–कासम ब्रिगेडले एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घान्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ ।
घाण्डोर हमासका शीर्ष कमाण्डर थिए जसले उत्तरी गाजा ब्रिगेडको नेतृत्व गरेका थिए र उनी यसको सैन्य परिषद्को हिस्सा थिए ।
विज्ञप्तिमा भनिएको छ, “हामी अल्लाहसँग प्रतिज्ञा गर्दछौं हामी मृतक नेताहरूको अभियानलाई निरन्तरता दिनेछौँ । उनीहरूको रगत मुजाहिदीनका लागि ज्योति र कब्जा गर्नेहरूका लागि आगो हुनेछ ।”
गत हप्ता इजरायली सेनाका एक वरिष्ठ अधिकारीले सेनाले हमासका ‘५० भन्दा बढी’ कमाण्डरलाई मारेको र यसले सैन्य शाखाको क्षमतामा ‘महत्वपूर्ण’ क्षति पु¥याएको बताएका थिए ।