मानिसबारे अध्ययनको अनौठो निष्कर्षः ४५ वर्ष लागेपछि एक्लो पनको प्रवृत्ति
मानिसको प्रवृत्तिबारे नयाँ अध्ययन सार्वजनिक भएको छ। जसको निष्कर्ष अनौठो छ।
विश्वभरका ४ मध्ये १ व्यक्तिले धेरै वा एकदम एक्लो महसुस गर्ने गरेको एक अध्ययनको रिपोर्टले देखाएको छ।
मेटा गलअपले १४२ देशमा गरेको सर्वेक्षणमा १५ वर्षभन्दा माथिको उमेर समूहका २५ प्रतिशत व्यक्तिले आफूले धेरै वा एकदमै एक्लो महसुस गर्ने गरेको पाइएको हो। युवामा एक्लोपन महसुस गर्ने ‘ट्रेन्ड’ बढिरहेको समेत अध्ययनले देखाएको छ।
वृद्धवृद्धाहरुमा भने एक्लोपन महसुस कम हुने पाइएको छ। ६५ वर्षदेखि माथि उमेर समूहका १७ प्रतिशत व्यक्तिले मात्रै आफूलाई एक्लोपन महसुस गर्ने बताएको अध्ययन रिपोर्टमा उल्लेख छ।
४५ वर्षदेखि माथिका आधा व्यक्तिले आफूहरुलाई एक्लो महसुस हुन नगरेको बताएका छन्। ४५ वर्षभन्दा कम उमेरका अधिकांश व्यक्तिले भने थोरै एक्लोपन महसुस हुने गरेको बताएका छन्।
‘यो अध्ययन प्रतिवेदनले युवाहरुमा एक्लोपन बढ्दै गएको देखाउँछ। यो चिन्ताको विषय हो,’ गलअपका वरिष्ठ अनुसन्धानकर्ता एली मेएसीले बताइन्। उनले एक्लोपन उमेरका कारण मात्रै नहुने भन्दै यसले जुनसुकै उमेर समूहका मानिसलाई प्रभावित पार्न सक्ने उनले बताइन्।
अध्ययनका क्रममा १४२ देशमध्ये ७९ देशका महिलाले पुरुषले भन्दा बढी एक एक्लोपन महसुस गर्ने गरेको पाइएको छ। यो सर्वेक्षण सन् २०२२ को जुनदेखि सन् २०२३ को फेब्रुअरीसम्म गरिएको थियो। प्रत्येक देशमा करिब १ हजार व्यक्ति सर्वेक्षणमा सहभागी भएका थिए।
अध्ययनपछि विज्ञहरूले मानिसलाई एक्लोपन बाट बचाउन विभिन्न तरिका पनि सुझाएका छन्।