पबजीको सेमिफाइनलमा पुग्यो नेपाल

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पबजी प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । हाङझाउ ई–स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको खेलमा समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

नेपाल सम्मिलित समूहमा प्यालेस्टाइन, हङकङ र साउदी अरब थिए । ५१ मिनेट ९ सेकेन्डको समयसँगै हङकङ समूहमा पहिलो भयो । समूहमा दोस्रो भएको नेपालको समय ५४ मिनेट ४ सेकेन्ड रह्यो । प्यालेस्टाइन र साउदी अरब भने बाहिरिएका छन् ।

पब्जीको सेमिफाइनलमा आठ टिम पुग्छन् । ती टिमलाई दुई समूहमा बाँडिन्छ । दुई समूहबाट छानिएका चार टोली फाइनल चरणमा प्रवेश गर्नेछन् । ती टिमले पदकका लागि अन्तिम प्रतिस्पर्धा गर्नेछन् । पदक ल्याउनका लागि चारमध्ये शीर्ष तीनमा पुग्नुपर्ने हुन्छ । यसमा नेपालले पदकको आश गरेको छ ।