चीनमा प्रचण्डको अर्को महत्त्वपूर्ण भेटः जनकांग्रेसका अध्यक्षसँग ग्रेट हलमा संवाद
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइजिङमा व्यस्त छन्। सोमबार विहानै उनले चिनियाँ जनकांग्रेसका अध्यक्ष झाउ लेचीसँग भेटवार्ता गरेका छन्।
ग्रेट हल पिपुलमा भएको भेटवार्तामा दुई नेताबीच सरकारबीचको सम्बन्धका साथै पार्टी तहमा पनि सम्बन्ध विस्तारबारे कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ।
शनिबार चीन पुगेका प्रचण्डले त्यही दिन हान्जाउनमा राष्ट्रपति सी सी चिनफिङसँग औपचारिक भेटवार्ता गरेका थिए । त्यस्तै उनले एसियाली खेलकुदको उद्घाटनमा पनि भाग लिएका थिए । उनी हिजो आइतबार हान्जाउबाट बेइजिङ पुगेका थिए ।
आज प्रचण्डले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तालगत्तै दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही सहमति सम्झौतामा हस्ताक्षर हुनेछ ।
त्यसैगरी उनले,गार्ड अफ अनर लिनेदेखि रेष्टुरेन्टमा बेलुकाको खाना खानेसम्मको तालिका रहेको छ ।