अहिले चुनावको होइन, जनताको चिन्ता लिने बेला हाे : शर्मा

मूलखबर संवाददाता
काठमाडौं

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिले चुनावको चिन्ता लिने होइन, जनताको चिन्ता लिने बेला भएको बताएका छन् ।

कांग्रेस आगामी दिनमा सुध्रिएर अघि बढ्ने बताएका छन् । उनले विगतका पाठलाई सिकाइका रूपमा लिएर अघि बढ्ने दृढता कांग्रेसजनमा हुनुपर्ने उनको भनाइ छ ।

पाल्पा रामपुरमा आयाेजित कार्यक्रममा नेता शर्माले भने-  `कांग्रेसले भ्रष्टाचारविरुद्धको अभियान थाल्ने बताउँदै गाउँटोलमा सहयोगी भावना बोकेर सेवाभावमा अघि बढ्नेछ ।´ आगामी दिनमा कांग्रेस नयाँ भावना, दृष्टिकोण, सोंच लिएर कांग्रेस अघि बढ्ने उनले बताए । ‘अब देशभर कांग्रेस गाउँघरमा पुग्छ,’ उनले भने, ‘देशमा जनतासँग कांग्रेस पुगेर आफ्ना कुरा राख्ने र जनतालाई जागृत गराउनेछ ।’ महामन्त्री शर्माले ‘संघर्ष गरेर आएका कांग्रेसका नेताले अब पनि चेत नखाए कहिले खाने ?’ भन्ने प्रश्न गरे ।

‘एउटा चुनावबाट आत्तिनु हुँदैन,’ उनले भने, ‘विगतमा देखिएका कमजोरीलाई हटाएर अघि बढ्ने योजना छ ।’ विगतमा जे नहुनु थियो भयो तर अब नयाँ सोच लिएर अघि बढ्न उनले सबैलाई आग्रह गरे ।