८० जना शाखा अधिकृतको सरुवा, को कहाँ ? (नामावलीसहित)

मूलखबर संवाददाता
काठमाडौं

५ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतहरुलाई स्थानीय तहहरुमा सरुवा गरेको छ ।

सरुवा हुनेहरु सबै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, अतिरिक्त समूहमा रहेका शाखा अधिकृतहरु छन् ।

यसअघिका सामान्य प्रशासन मन्त्री एवम् माओवादी केन्द्रका नेता अमनलाल मोदीले सुगम क्षेत्रमा पाँच वर्षसम्म लगातार कार्यरत कर्मचारीहरुलाई स्थानीय तहहरुलाई सरुवा गरेर पठाउन सुरु गरेका थिए । यसबाट निमित्तको भरमा चल्दै आएका पालिकाहरुले प्रमुख प्रशासकीय अधिकृत पाएका थिए र पालिकाहरुको काम पनि प्रभावकारी भएको प्रारम्भिक रिपोर्टहरु आएका थिए ।

तर जनमत पार्टीलाई पनि सरकारमा समेट्नुपर्ने भएकाले उनी मन्त्री पदबाट हटेर जनमत पार्टीकी अनिता देवी सामान्य प्रशासन मन्त्री बनेकी छन् ।

उनले पनि पूर्व मन्त्री मोदीकै पदचाप पछ्याउँदै ८० जना शाखा अधिकृतहरुलाई पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदै सरुवा गरेकी छन् ।

हेर्नुहोस् सरुवा सूची