नागरिकता विधेयक प्रमाणित गरेकोमा एमालेकाे आपत्ति
प्रमुख प्रतिपक्ष दल एमालेले दुबै संसदकाे बैठकबाट पारित गरि प्रमाणिकरणकाे लागि राष्ट्रपतिकाे कार्यलयमा पुगेर राेकिएकाे नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पाैडेलले प्रमाणिकरण गरेकाेमा आपत्ति जनाएको छ ।
एमाले केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको केही घन्टाअघि नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेर सरकार र राष्ट्रपति कार्यालयले नागरिकताको सवाललाई बाह्य चासोको विषयका रूपमा स्थापित गर्न खोजेको टिप्पणी गरेको छ ।
केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले सरकार र राष्ट्रपतिको कदमले नागरिकता बाह्य चासोको विषय हो भन्ने गलत नजिरको आशंकालाई बलियो बनाएको निष्कर्ष निकालेको हो ।
‘प्रधानमन्त्रीको विदेश भ्रमणको केही घन्टाअगाडि संविधान र विधि–प्रक्रियाविपरीत गरिएको यस प्रमाणीकरणले सरकार र राष्ट्रपति कार्यालय नागरिकताको विषय नेपालको आन्तरिक मामिला होइन, बाह्य चासोको विषय हो भन्ने गलत नजिर स्थापित गर्न चाहेको आशंकालाई बलियो बनाएको छ,’ बैठकमा पारित प्रस्तावमा छ ।
१७ वैशाखमा प्रधानमन्त्री भारत भ्रमण जाने केही घन्टाअघि राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।