कमिसारको कासनसँगै (कविता) – धर्मेश पाेखरेल
रसद पानीको फाकसँगै
हिड्यौ मंगल धुन बजाउँदै
जितको हर्ष मनमा सजाउँदै
जनमुक्तिको आस जगाउँदै
मनमा सबको त्रास भगाउदै
अध्यारोमा जंगल पस्दा
बाटो बिराई थचक्क बस्दा
किरा कराउँथे कुर कुर कुर कुर
चराहरू उडथे भुर भुर भुर भुर
लाटोकोसेरोको स्यार स्यार सुर सुर
कोइली कराउँथे कूहूं कूहूं
हामी भन्थ्यौ महूं महूं
यसरी हिंडदा आउदथ्यो जोस
आफ्नो टाउकामा आगो झोस
उदगार यस्तै थियो ठोस
सामन्तीको सत्ता खोस
जंगल जंगल दोडिदाखेरि
आउँदथ्यो याद परिवार चेली
एकछिन टक्क रोकिन्थ्यो सास
हुन्थ्यो मनमा आंशुको बास
बिजुली चम्कि गड्यांग गुडुंग सँगै
मनमा झनै आउँदथ्यो जोस
लडाईमा पुगी दुश्मनलाई जिती
बल्ल खुल्दथ्यो सबको होस
पानी परि असिना झर्दा
निथ्रुक्क भिजि खोला तर्दा
आकाशमा चम्केको उज्यालो सँगै
आँखाले देख्दथ्यो गोरेटो जम्मै
दुःख कष्टको परवाह नराखी
काँधमा बन्दुक खुकुरी राखि
मनमा दुश्मनका घृणा जगाई
हिडदथ्यौ हामी साथी भाई
लर्को हेर्दा लाग्दथ्यो त्यो
लामो लामो कमिलाको ताँती
पहाडै पहाड तलदेखि माथि
देख्नेले भन्थे सलाम है साथी
कहिले दिउंसो कहिले राती
बाल्दथ्यौ हामी बिजयको बाती
बमको ठूलो धमाका सँगै
खुल्दछ फायर ट्रेगर दबाउँदै
आकाशै भयो झिलमिल झिलमिल
आखै पो पोल्यो तिलमिल तिलमिल
दुश्मनका गोली आई नजिकै,कानकै छेउमा चुईंय चुईंय
धरती कम्पन हुंईंय हुंईंय,आधिं आए सरह सुईंय
लडाई सकिई सामसुम हुंदा,दुश्मनमा सुनिन्थ्यो कोलाहल
उनीहरू प्रती सहानुभूति राखि गरिन्थ्यो मलम पट्टी झोल
बिजय सकि जुलुस लगाउँदा गाउँका किसान मजदुर जगाउँदा
आँखामा हुँन्थे आँशुका धारा
घाईतेलाई बोक्ने ठूलो अभिभारा
सहिद साथीलाई माटोमा पुरी
आफ्नै मुटूलाई दरोपारि
मनलाई बुझाउथ्यौ सुस्तरी फेरि
लामबध्द भै फर्किदाखेरि
आकाशै बाट बमबरषा हुँदा
शरीरमा लाग्दथ्यो गोलीको छर्रा
रक्ताम्यै हुँदै कुईनाले सर्दा वरिपरि आफ्नै साथीको शव
मुन्टो उठाई छेउमै हेर्दा
दुःख लाग्दथ्यो साथी ढल्दा
ढलेको साथीको एस.एल.आर देख्दा
मनमा साहस भरेर उठदा बन्दुक उठाई लडाईमा जुट्दा
लक्ष्य बनाई चिलगाडि ढाल्दा
डड्याम डुड्युम ड्याम्म पटट
छुट्यो पर्या दुश्मन माथि
आनन्द भयो चौडा छाती
हामिले जित्यौ दुश्मन ढले
यसरी जनयुद्धमा लडाई चले
यसरी जनयुद्धमा लडाई लडे।