रेशम चौधरीलाई सर्वोच्चद्वारा जन्मकैदको सजाय सदर
टिकापुर घटनाका दोषी रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको सजाय सदर गरेको छ । यसअघि उच्च अदालत दिपायलले गरेको जन्मकैद तोक्ने फैसला नै सर्वोच्चले सदर गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पूनरावेदन गरेका थिए । सर्वोच्चका न्यायाधीशद्व डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला कायमै राखेको हो ।
२०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा झडप हुँदा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान गएको थियो । रेशमलाई यसअघि जिल्ला अदालत कैलालीले पनि जन्मकैदको सजाय सुनाएको थियो । त्यसपछि उनी उच्च अदालत गएका थिए । उच्च अदालतले पनि जन्मकैदको सजाय कायमै राखेको थियो ।
यो मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला सुनाएका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो ।