राष्ट्रिय गाैरवका आयोजना समयमै सम्पन्न हुनुपर्ने सांसद माझीको धारणा

मूलखबर संवाददाता
काठमाडौं, २ जेठ

प्रतिनिधिसभा सदस्य तथा संसदकाे पुर्वाधार विकास समितिकी सदस्य उर्मिला माझीले राष्ट्रिय गाैरवका आयाेजनाहरूकाे निर्माण समयमै सम्पन्न हुनुपर्नेमा जाेड दिएकी छिन् ।
आजबाट शुरू भएको पुर्वाधार विकास समितिकाे बैठकमा आफ्नो धारणा राख्दै माओवादी केन्द्रकी सांसद माझीले विकास निर्माणकाे गति  सुस्त भएकोले जनतामा सकारात्मक सन्देश नगएको भन्दै सम्वा्धित सराेकारवालाहरूकाे ध्यानाकर्षण गराएकी छिन् ।

बैठकमा उनले विकासकाे मुख्य बाधक नीतिगत र संस्थागत भ्रष्टाचार भएको बताउँदै विकासको लागि भ्रष्टाचारमाथि शून्य सहनशीलता अनिवार्य भएको बताइन् ।

जेष्ठ सदस्यले बैठककाे अध्यक्षता गर्ने निर्णयअनुसार समितिकाे बैठककाे अध्यक्षता नागरिक उन्मुक्ति पार्टीका सांसद लालबीर चाैधरीले गरेका थिए ।

बैठकमा सत्तारूढ दल कांग्रेस, माओवादी सहित प्रतिपक्षि दल नेकपा एमाले, राप्रपा, रास्वपालगायतका दलका सांसदहरू सहभागी रहेका थिए ।

पहिलो बैठकले समितिकाे कार्यविधि तय गर्ने, उपसमितिहरू गठन गर्ने एजेन्डासहित आगामी बैठक गर्ने निर्णय गरेको छ ।