गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पाए विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । माओवादकिो समर्थनमा मुख्यमन्त्री बनेको एक हप्तामा उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।
गण्डकी प्रदेशसभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्रीले आफुलाई विश्वासको मत दिइओस् भनी गरेको प्रस्ताव पारित भएपछि उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा ३५ सांसदले मत दिएका थिए। भने उनको विपक्षमा २२ मत परेको थियो ।
उनलाई नेपाली कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद गरी ३५ सांसदको मत प्राप्त गरेका हुन् । उनको विपक्षमा नेकपा एमाले मत दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ सांसद भने तटस्थ बसेका थिए ।
मुख्यमन्त्री पाण्डेले ३५ सांसदको समर्थनमा वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।