प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने हुनुभइको छ ।

प्रधानमन्त्री प्रचण्डले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको प्रधानमन्त्रीको निकट स्रोबाट बताइएको छ ।

कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्री प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ । विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।