नारी दिवस अर्थात ८ मार्चकाे सार्थकता

गिता पनेरू(मुक्ति बिहानी)
काठमाडौं

हरेक बर्ष जसाे यस बर्ष पनि ११३ ओैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश “digital innovation and technology for gender equality ” (लैङ्गिक समानताको बलियाे आधार, सृजनात्मक प्रविधि मा महिला पहुँच काे बिस्तार )भन्ने अन्तर्राष्ट्रिय नाराका साथ हाम्रो सामु आएको छ। नेपालमा पनि याे दिवश बिगत लामाे समयदेखि मनाउँदै आईराखेका छाै । तर हाम्रो देशकाे सन्दर्भमा भने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशकाे मुल मर्म,भावना र ओजका साथ मनाईएकाे पाईदैन। यसमा २ वटा महत्त्वपूर्ण कारण हरु रहेका छन्, पहिलो कुरा त नेपाली समाज वा मानव सभ्यताकाे सुचाङ्ककाे हिसाबले पनि नेपाल काे विकास क्रम काे ईतिहास छाेटाे हुनु र दाेस्राे कुरा नेपालकाे राजनीतिक अवस्था ले ठाेस् रुप ग्रहण गर्न नसक्नु। यस बाहेक त्यस्ता थुप्रै सःसाना कारणहरु पनि छन् तर मुलभुत रुपमा नेपाली महिला हरुले 8 मार्च वा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशलाई वास्तविक अर्थमा मनाउन सकिरहेका छैनन् । यसलाई अलि गम्भीरतापूर्वक र ऐतिहासिक महत्त्व काे आधार बुझ्न,आत्मसात् गर्न र मनाउन जरुरी देखिन्छ ।

अत: आठ मार्च वास्तवमै भन्ने हाे भने आजभन्दा ११२ वर्ष पहिले वा सन् १९०८ मा अमेरिकाकाे न्युयोर्क शहरमा अवस्थित् कपडा मिलमा काम गर्ने २५००० श्रमिक वा श्रमजीवी महिला हरुले आफुले कारखाना मा काम गर्दा भएको भेदभाव वा श्रमशाेषणकाे प्रत्याभूति सहित त्यसकाे बिरुद्ध मा गरिएको बिद्रोह थियाे। जहाँ, जुन बखत सङै काम गर्ने पुरुषलाई दिईने पारिश्रमिक र महिला लाई दिईने पारिश्रमिक फरक थियाे,महिला लाई सुत्केरी बिदा दिईदैनथ्याे,महिला हरुलाई चुनावमा भाेट दिन पाउने अधिकार थिएन,महिलाहरुमाथि श्रमशाेषण र राजनीतिक अधिकार हनन् भएको थियाे। त्यस बिरुद्ध ८ घन्टा काम,८घन्टा आराम र ८ घन्टा मनाेरन्जन,समान कामकाे समान ज्याला,मातृत्वकाे अधिकार ,सङ्गठित भयर आफ्नो समग्र अधिकारका बारेमा बाेल्न पाउनुपर्ने लगाएत विभिन्न सामाजिक,आर्थिक र राजनीतिक क्षेत्रमा समेत महिलाको समान सहभागीता जस्ता महत्त्वपूर्ण बिषयमा आवाज उठाएर,एकताबद्ध भएको दिन नै ८ मार्च काे दिन थियोे,महिला हरुकाे सङ्गठित बिद्राेहकाे आवाज उठेकाे दिन थियाे। भने क्रमिक रुपले सन् १९१० मार्च ८ कै दिन काेपेनहेगेनमा महिला नेत्री क्लारा जेटकिनकाे नेतृत्वमा १७ देशका १०० जना अन्तर्राष्ट्रिय स्तरकाे श्रमिक/श्रमजीवी महिलहरुकाे सहभागीतामा श्रमिक महिला सम्मेलनकाे आयाेजना गरियो र जाेडदार पुर्वक माग राख्दै ८ मार्चका दिनलाई सन्सारभरि नै अन्तर्राष्ट्रिय महिला दिवश काे रुपमा मनाउने घाेषणा गरियाे र मनाउन थालियो ।

र हामी नेपाली महिलाहरुले पनि याे दिनलाई विशेष रुपले मनाउँदै आईरहेकाे पाईन्छ,विभिन्न सङ्घ/सस्था,सरकारी निकाय,महिला अधिकार कर्मी लगाएत हरेक क्षेत्रमा याे दिवशकाे प्रभाव निकै नै रहिआएको छ, यद्यपि  यस दिवसलाई सार्थक भने बनाउन सकिएको छैन। फलस्वरूप याे दिवस ओैपचारिकता र ब्यानरमा मात्रै सिमित भैरहेको छ। हुन त देशमा जनयुद्ध र जआन्दाेलन जस्ता भयङ्कर ठुला-ठुला रक्तपातपुर्ण आन्दाेलनहरु समेत भए परिणामस्वरूप गणतन्त्र,सङ्घीयत,धर्मनिरपेक्षता सहितकाे सम्विधान समेत जारी भएको छ,उक्त सम्बिधानले मुलतः पिछडिएका वर्ग,जाति,क्षेत्र र लिङ्ग काे अधिकार लाई माैलिक अधिकार र समानताकाे आधारमा सुनिश्चित गरि पनि सकेको छ तर बिडम्बना याे देशकाे सम्बिधान नै राजनीतिक चक्रब्युहमा फस्नाले र राजनीतिक अस्थिरताकाे भुमरिमा रुमलिनाले आज ती अधिकार हरु नै गुमनाम हुन पुगेको छ। हाे,त्यसकाे बलिवेदीमा आज नेपाली महिला हरुकाे अधिकार पनि कुठाराघात हुन पुगेको छ।

ठुलो त्याग,तपस्या र बलिदानीपुर्ण सङ्घर्षबाट हासिल अधिकार व्यवाहारमा लागू हुन नसक्दा समाज परिवर्तनका लागि समर्पित एकथरि महिला हरु अब फेरि अधिकार प्राप्ति काे थप लडाइँ मा लाग्नुपर्ने र त्यसका लागि श्रमजीवी महिला हरुलाई गाेलबन्द गर्नुपर्ने अवस्थामा आवाज बुलन्द पारिरहेका छन् भने अर्काथरि बुर्जुवा र पेटिबुर्जुवा तह र तप्काका महिला हरु जाे हरेक वस्तु घटना,परिघटनालाई सतहमा बुझ्छन्, दर्शन, सिद्धान्त र नितिगत बिषयमा त्यति दखल राख्दैनन् या राख्न चाहदैनन्,अरुले सङ्घर्ष गरेर ल्याईदिएका उपलब्धि हरुमा रमाउछन्,या त्यसैलाई पुर्ण उपलब्धि मानेर उपभोक्तावादमा रमाउन चाहन्छन्,हाे उनिहरुका लागि भने याे ८ मार्च निश्चितरूपमा रमाउने साधन र माध्यम बनिरहेको पनि देखिन्छ,उनिहरुलाई याे दिनकाे भित्री मर्म बुझ्नुपर्दैन,लय पढ्नुपर्दैन,त्यस बाटोमा हिड्नु पनि पर्दैन। बस्, हुस्की, रमका बाेतलसङ मितेरी गास्ने हाे कि कहिकतैबाट निकास गरिएको बजेट पचाउने हाे या सरकारी निकायले काम गरेको आैपचारिकता पूरा गर्नुपर्ने हाे।

त्यतिमात्र कहाँ हाे र सकि नसकि स्थानीय महिला समूह या समिति हरुले समेत नाचगान गरेर बिना प्रसङ्ग का लयमा रमिता गरिरहेका हुन्छन् ८ मार्चमा। यस्तो बिडम्बनापुर्ण अवस्था बाट माथि उठाएर वास्तविक अर्थमा महिलाको अधिकार लाई सुनिश्चित गर्ने ठुलो कार्यभार हाम्रो सामु छ,जुन हाम्रो पुस्ताले नै गर्नुपर्ने हुन्छ। किनभने नेपालकाे सम्विधान २०७२ ले माैलिक हक दिएको छ,देवानी तथा फाैजदारी सम्हिता २०७४ पनि जारी भएको छ,तर खै कार्यविधि ? खै नियमावली ?? खै कार्यन्वयन??? काे लाग्ने हाे त्यसकाे लागि यी प्रश्न हरुकाे समाधानका लागि देशमा राजनीतिक स्थिरताकाे खाँचाे छ र त्यसका लागि सम्पूर्ण मुक्तिकामी महिला हरु एक हुन जरुरत छ। त्यसैले महिलाको मुद्दामा या अधिकारका सवालमा एकढिक्का हुन सकेनौं भने याे ८ मार्च मनाउनुकाे अर्थ परम्परा धान्नु मात्रै हुनेछ । त्यसैले देशविदेशका सम्पूर्ण श्रमजीवी महिला हरु एक हाै,अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशलाई सार्थक पाराै। धन्यवाद ।