प्रेस सेन्टर नेपाल काभ्रेको साधारणसभा सम्पन्न

मूलखबर संवाददाता
काभ्रे, २० फागुन

प्रेस सेन्टर नेपालकाे काभ्रे जिल्ला समन्वय समितिकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार धुलिखेलमा सम्पन्न साधारणसभामा जनपक्षिय पत्रकारिताका सम्भावना र चुनाैति विषयमा छलफल भएको थियाे ।

माओवादी केन्द्र निकट रहेकाे पत्रकारहरुको संगठन प्रेस सेन्टर, नेपाल काभ्रेको प्रथम वार्षिक साधारण सभामा प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्र काभ्रेका इन्चार्ज सुर्यमान दाेङ लालध्वजकाे प्रमुख आतिथ्यता रहेको थियाे ।    धुलिखेल स्थित धुलिखेल सनराइज होटेलमा एक कार्यक्रमका बीच वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
वार्षिक साधारणसभाको उद्घाटन माओवादी केन्द्रका नेता, काभ्रे जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङ (लालध्वज)ले गरेका थिए ।
साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असफल हुँदा जनयुद्ध र जनआन्दोलनको जगमा आएको व्यवस्था असफल हुने बताउँदै अहिले प्रचण्डलाई असफल बनाउने खतरा भइरहेकाे भन्दै सबै एकढिक्का भएर षड्यन्त्रको प्रतिकार गर्नुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रत्न ढकालले संगठनलाई सुदृढ गरी अघि बढ्न आवश्यक रहेको बताउँदै अग्रमोर्चामा लड्ने भूमिकामा प्रेस सेन्टर रहेकोले अब पार्टीको योजनामा केन्द्रित हुन निर्देशन दिए ।
कार्यक्रममा नेता दोङ, ढकालसँगै संविधानसभा सदस्य तेजबहादुर मिजार, माओवादी जिल्ला संयाेजक भाेला भाेला अर्यालले शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्काले पार्टी र प्रेस सेन्टरकाे सम्वन्ध तथा स्थानिय तहहरूमा प्रेस सेन्टरले खेल्न सक्ने भुमिका बारे प्रकाश पारेका थिए भने  महासचिव सन्तोष पौडेलले संगठनका देशभरका गतिविधि र आगामि याेजनाबारे प्रष्ट पार्दै परिवर्तनका एजेन्डा विरूद्व भइरहेका षड्यन्त्रको भण्डाफाेर गर्न निर्देशन दिएका थिए ।

त्यसैगरी भक्तपुर अध्यक्ष सञ्जिव शुभचिन्तक, ललितपुर अध्यक्ष रामहरी कार्की, पत्रकार महासंघका काठमाडौं अध्यक्ष सुर्य सुवेदीले पनि वर्तमान अवस्थामा पत्रकारले खेल्नुपर्ने भुमिकाबारे धारणा राखेका थिए ।

माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक भोला अर्याल, सचिव दैवलाल घिसिङ, प्रेस सेन्टरका केन्द्रिय सचिव ग्याम्जो थोकर तामाङ, वागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, केन्द्रिय सदस्य पेमा लामा लगायतका सहभागी थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष, सचिव र कोषाअध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सर्वसम्मत ढंगले पास गरेको थियो ।
कार्यक्रम जिल्ला अध्यक्ष रोजन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव शिव पन्तले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष नवराज अधिकारीले राखेका थिए ।