सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरबको योजना बनाइने

मूलखबर संवाददाता
काठमाडौं, १९ फागुन

सरकारले अति आवश्यक जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गर्ने भएको छ ।

यसका लागि सरकारका तर्फबाट ३०० वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखाना लाई राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाइने छ, राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्ण रुपमा क्रियाशील बनाई नेपालका रैथाने जडिबुटीको अध्ययन अनुसन्धानलाई द्रुत गतिमा अगाडी बढाउन आवश्यक नीतिगत निर्णय गरिनेछ ।

प्रत्यक प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडिबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति ल्याइने छ | गुणस्तरीय आयुर्वेद औषधि उत्पादन तर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवर्धनका लागि आयुर्वेद औषधि को उत्पादनका लागि अति आवश्यक जडिबुटीको निकासी पैठारीमा रहेको व्यवधानहरू हटाउन नीतिगत निर्णय गरिनेछ | विश्व समुदायलाई स्वस्थ राख्न नेपालले बहुमुल्य जडिबुटी निर्यात गर्न सक्छ, तसर्थ जडिबुटी खेति को लागि अनुदान व्यवस्था गरिनेछ

स्वास्थ्य पर्यटनलाई प्रवर्धन गर्न आयुर्वेद, पंचकर्म, योग, ध्यान कार्यक्रम संचालन गर्न अस्पताल, उपचार केन्द्र, wellness center हरु स्थापना गरिनेछ | नितिगत निर्णय भै सकेको १०० शैयाको आयुर्वेद अस्पताल सातै प्रदेशमा संचालनमा ल्याइने छ | भारत सरकारले उच्च प्राथमिकतामा राखेको आयुर्वेद अनुसन्धानको कार्यलाई नेपालमा पनि निरन्तरता दिन आयुष मन्त्रालयसंग सहकार्य गरिने छ |