१५ जिल्लाका ४४ लाखलाई हात्तीपाइले विरूद्वकाे ओैषधी खुवाइँदै
सरकारले फागुन ११ गतेदेखि १५ जिल्लाका ४४ लाखलाई हात्तीपाइले विरूद्वकाे ओैषधी खुवाउने भएको छ ।
सरकारले फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन कार्यक्रम सुरु गर्ने जानकारी दिँदै साे घाेषणा गरेको हाे । स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले यही फागुन ११ गतेदेखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु गर्ने लागेको जानकारी दिनुभयो ।
सरकारले गत वर्ष सर्वेक्षण गर्दा रसुवामा हात्तीपाइले रोगको समस्या देखिएकाले यस वर्षदेखि रसुवासहित १५ जिल्लामा यो औषधि सेवन सञ्चालन गर्न लागेको हो ।
डा. दाहालका अनुसार यो वर्ष झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी १५ जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई औषधि खुवाउने लक्ष्य छ ।
सरकारले ६४ जिल्लामा सञ्चालित यो अभियान हाल आएर ४८ वटा जिल्लामा बन्द गरिसकेको छ । बाँकी १४ जिल्लामा औषधि खानयोग्य सबैले औषधि नखाइदिँदा
समस्या जीवित रहेको छ । साथै हरेक दुई वर्षमा रगत जाँच गरी हेर्दासमेत यी जिल्लामा रोगको दर अपेक्षिकृत रुपमा नघटेकाले यी जिल्लामा पटक पटक औषधि खुवाउन परेको जनस्वास्थ्यविद् रामकुमार महत्तोको भनाइ छ ।