नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयन

मूलखबर संवाददाता
काठमाडौं, २४ माघ

नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयन भएको छ ।

अध्यक्षमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा.अनिलबिक्रम कार्की विजयी हुनुभएको छ । कार्कीले ३,५३७ मत पाउनुभएको छ ।

प्रगतिशिल समूहका डा.सन्तोष पौडेलले २,३२३ मत  पाउनुभयो। स्वतन्त्र समूहका डा.शिवजी शिलवालले २९० मत पाउनुभएको छ।

एक सदस्यबाहेक सबै पदमा डा.कार्कीकै प्यानलको जित भएको छ।
६ सदस्य मध्ये डा‍.कार्कीको प्यालन बाहिरबाट डा.स्मृति महत मात्रै निर्वाचित हुनुभएको छ।

डा.महत प्रगतिशिल समूहका डा.सन्तोष पौडेलको प्यालनबाट सदस्यमा प्रतिस्पर्धा गर्नुभएको हो।

१२ पदका लागि निर्वाचन भएको थियो। १९ पदमध्ये वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष सहित ७ जना निर्विरोध निर्वाचित हुनुभएको हो।

काठमाडौं उपत्यकामा निर्वाचन माघ १९, २० र २१ गते गरी तीन दिनसम्म निवाचन भएको थियो।उपत्यका बाहिर भने माघ ६ र ७ गते निर्वाचन भएको थियो । काठमाडौँ उपत्यका र उपत्यकाबाहिर गरी ६ हजार २९२ मत खसेको थियो।

यस्तो छ नतिजा :

अध्यक्ष  : डा.अनिलविक्रम कार्की
वरिष्ठ उपाध्यक्ष  : डा.बद्री रिजाल (निर्विरोध)
उपाध्यक्ष 
प्रदेश १  : डा.दिपेश आचार्य (निर्विरोध)
मधेस  : डा.निरज कुमार सिंह
बागमती  : डा.प्रकाश बुढाथोकी
लुम्बिनी  : डा.नन्दाकुमारी गुरुङ (निर्विरोध)
गण्डकी  : डा.राजन शर्मा
कर्णाली  : डा.केशरबहादुर ढकाल (निर्विरोध)
सुदूरपश्चिम : डा.प्रशान्त भट्ट

महासचिव : डा.सञ्जिव तिवारी
कोषध्यक्ष : डा.प्रमोद जोशी (निर्विरोध)
सहसचिव : लेजन महर्जन(निर्विरोध)

सहकोषाध्यक्ष : डा.विकरान्त ढकाल (निर्विरोध)
सदस्यहरू
डा.तेज्सु सिंह मल्ल
डा.सृजना विष्ट
डा.अमित रञ्जन मिश्र
ड.किशोर खत्री
डा.युभिन कुमार यादव
डा.स्मृति महत