यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
बद्री उप्रेतीका मन छुने मुक्तकहरू. मूलखबर संवाददाता काठमाडौं १, दशनङ्ग्रा खियाइ काम गर्दा पनि, भाग्य कैले जुटेको छैन दु:ख सङ्गको गहिरो यो सम्बन्ध, अझैसम्म टुटेको छैन गरिबको पीडा कम गर्न भनि सङ्घीय सरकार बनाए पनि, थाप्लोमा नाम्लो र पिठिउँमा बच्चा, अझैसम्म छुटेको छैन ।. २, अत्यन्त पीडा सहन सक्ने पहिचान उनको नागर हो श्रमले सबैलाई ज्ञानी बनाउँछ, श्रम नै ठुलो जाँगर हो घाँसको भारी सङ्गै बच्चा त्यसैले त बोक्छिन् आमा, धर्ती उनको मन हो भने, ममता उनको सागर हो ।. ३, जीवनमा कैले निराश हुन्न, मनमा सधैं उल्लास भर्छु उमङ्गको ध्वजा बोक्दै, मन लगाएर कर्म गर्छु सानो छँदा बोक मलाई घाँस दाउराको भारी माथि, जब म ठुलो हुन्छु, तिम्रा दु:ख सबै हर्छु ।. ४, ताली पिट्छन् मञ्चमा बसेर, एउटै स्वरमा सबैको आहा गरिबको दु:ख कसले देख्छ र? हुनु पर्यो ‘नि मनमा चाहा सुनेको छु मैले तारे होटलमा सुन्दरीहरूको छनोट हुन्छ रे, तर एउटी अवोला गाउँकी नारीले बोकेको पीडा कस्लाई थाहा ।. ५, अरूको जस्तो झुट हैन, साँचो र सधैं सच्चा बोकेर जीवनमा कैले हिँडिन म, फोस्रा सपना कच्चा बोकेर पसिनाको दशधारा चुहाएर, त्यसैले त मेहनत गर्दैछु, थाप्लोमा नाम्लो, हातमा हँसिया, पिठ्युँमा बच्चा बोकेर ।. ६, सर्वगुणले सम्पन्न छ जो, व्यावहारमा कैले ठुलो हुँदैन नातामा सधैं बलियो हुन्छ, ऊ जीवनमा खुकुलो हुँदैन झुक्केर पनि जीवनमा तिमीले नसोध्नु माया कति छ भनि, एउटी आमाको ममता जोख्ने, कुनै त्यस्तो तुलो हुँदैन ।. ७, बुढेसकालको सहारा बन्नु तिमी, मुटु जलाइ नपुर्याउनु घाटमा कहिले पुग्छे यो भनेर, बोकेर सलाई नपुर्याउनु दशधारा दुध र मेरो आँसुको, ख्याल गरे है मेरो बच्चा, अरूले जस्तै तिमीले पनि, आश्रममा मलाई नपुर्याउनु ।.
बद्री उप्रेतीका मन छुने मुक्तकहरू
मूलखबर संवाददाता
काठमाडौं
१,
दशनङ्ग्रा खियाइ काम गर्दा पनि, भाग्य कैले जुटेको छैन
दु:ख सङ्गको गहिरो यो सम्बन्ध, अझैसम्म टुटेको छैन
गरिबको पीडा कम गर्न भनि सङ्घीय सरकार बनाए पनि,
थाप्लोमा नाम्लो र पिठिउँमा बच्चा, अझैसम्म छुटेको छैन । 
२,
अत्यन्त पीडा सहन सक्ने पहिचान उनको नागर हो
श्रमले सबैलाई ज्ञानी बनाउँछ, श्रम नै ठुलो जाँगर हो
घाँसको भारी सङ्गै बच्चा त्यसैले त बोक्छिन् आमा,
धर्ती उनको मन हो भने, ममता उनको सागर हो ।
३,
जीवनमा कैले निराश हुन्न, मनमा सधैं उल्लास भर्छु
उमङ्गको ध्वजा बोक्दै, मन लगाएर कर्म गर्छु
सानो छँदा बोक मलाई घाँस दाउराको भारी माथि,
जब म ठुलो हुन्छु, तिम्रा दु:ख सबै हर्छु ।
४,
ताली पिट्छन् मञ्चमा बसेर, एउटै स्वरमा सबैको आहा
गरिबको दु:ख कसले देख्छ र ? हुनु पर्यो ‘नि मनमा चाहा
सुनेको छु मैले तारे होटलमा सुन्दरीहरूको छनोट हुन्छ रे, तर
एउटी अवोला गाउँकी नारीले बोकेको पीडा कस्लाई थाहा ।
५,
अरूको जस्तो झुट हैन, साँचो र सधैं सच्चा बोकेर
जीवनमा कैले हिँडिन म, फोस्रा सपना कच्चा बोकेर
पसिनाको दशधारा चुहाएर, त्यसैले त मेहनत गर्दैछु,
थाप्लोमा नाम्लो, हातमा हँसिया, पिठ्युँमा बच्चा बोकेर ।
६,
सर्वगुणले सम्पन्न छ जो, व्यावहारमा कैले ठुलो हुँदैन
नातामा सधैं बलियो हुन्छ, ऊ जीवनमा खुकुलो हुँदैन
झुक्केर पनि जीवनमा तिमीले नसोध्नु माया कति छ भनि,
एउटी आमाको ममता जोख्ने, कुनै त्यस्तो तुलो हुँदैन ।
७,
बुढेसकालको सहारा बन्नु तिमी, मुटु जलाइ नपुर्याउनु
घाटमा कहिले पुग्छे यो भनेर, बोकेर सलाई नपुर्याउनु
दशधारा दुध र मेरो आँसुको, ख्याल गरे है मेरो बच्चा,
अरूले जस्तै तिमीले पनि, आश्रममा मलाई नपुर्याउनु ।