विश्वकप २०२२ : माेरक्काेलाई हराउँदै क्राेएसिया तेस्रो, माेरक्काे चाैंथाे बन्याे
कतारमा जारी २२औं फिफा विश्वकप फुटबल प्रतियोगितामा क्राेएसिया तेस्रो स्थान हात पार्न सफल भएको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा मोरोक्कोलाई २-१ गोलले हराउँदै क्राेएसिया तेस्रो बनेको हाे । । त्यसैगरी अफ्रिकी देश मोरोक्को पहिलो पटक चौथो बन्दै सिंगो अफ्रिका महादेशकै नयाँ इतिहास रचेको छ । विश्वकपको फाइनल खेलमा आइतबार राति साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल पहिलो हाफमा भएको थियो । क्रोएसियाको जितमा जोस्को गर्भाडिओल र मिस्लाभ ओर्सिचले गोल गर्नुभयो । मोरोक्कोका अच्राफ दारीको गोल सान्त्वना बनेको थियो ।
रोमाञ्चक खेलमा सुरुवाती अग्रता क्रोएसियाले लिएको थियो । सातौं मिनेटमा गर्भाडिओलले हेड गोल गर्दै क्रोएसियाको उत्साह जगाउनुभयो । उहाँले इभान पेरिसिचको पासमा उत्कृष्ट डाइभ हेड गर्नुभएको थियो ।