दोलखाबाट प्रतिनिधि सभा सदस्यमा विजयी गंगा कार्की को हुन् ?
दोलखाबाट प्रतिनिधि सभा सदस्यमा विजयी गंगा कार्की को हुन् ?
नेकपा (माओवादी केन्द्र) का नेता गंगा कार्की दोलखाबाट प्रतिनिधिसभामा विजयी बनेका छन् । उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेका थिए। उनलेे एमाले उमेदवार बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै विजयी बनेका हुन् । उनी पहिलोपटक संसद बनेका हुन् ।
को हुन् गंगा कार्की ?
वि.सं. २०२२ साल असार ४ गते आमा रत्न कुमारी कार्की र बाबु टेक बहादुर कार्कीको कोखबाट गंगा कार्कीको जन्म भएको हो।
दोलखाको गौरीशंकर गाउँपालिका- १ का स्थायी बासिन्दा कार्कीको कृष्णमाया कार्कीसँग विवाह भएको हो । उनीहरूका चार जना छोराहरू छन्।
नेपाली कम्युनिस्ट आन्दोलनमा होमिएका कार्कीले चीन भ्रमण गरेका छन्। नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सक्रिय सहभागी भएका कार्की युद्धकै क्रममा घाइते पनि भएका थिए।
संक्षिप्तमा गंगा कार्कीको राजनीतिक जीवन
• २०३५/३६ सालदेखि बामपन्थी आन्दोलनको समर्थन
• २०३८ सालको राष्ट्रिय पञ्चायतको संसदको चुनावमा मतपेटिका जलाएको, राजद्रोह मुद्दा
• २०४६ सालको जनआन्दोलनमा ४ दिन कष्टडिमा । १५ वर्षको उमेरमा पञ्चायतविरोधी चारवटा राजद्रोह मुद्दा लागेको
• २०४७ मा नेकपा (मशाल) को पार्टी सदस्यता, नयाँ बानेश्वर वान सेल कमिटीमा संगठित
• २०४७ मा अनेट्रेयू माहासंघ र होजियारी मजदुर संघको कोषध्यक्ष
• २०४८ सालमा दोलखा जिल्ला कमिटीको सेक्रेटरी
• २०४८ मा नेकपा (एकता केन्द्र) बागमती क्षेत्रीय ब्यूरो सदस्य
• २०४८ सालमा दोलखा जिल्लाको प्रथम जिल्ला सम्मेलनबाट सेक्रटरी निर्वाचित एवं एकता माहाधिवेशनमा एक मात्र माहमधिवेशन प्रतिनिधि
• २०५२ साल माघ २ गते चरिकोटको बंकरहाउसबाट भारी मात्रमा विष्फोटक पदार्थ कब्जा गरेर १० वर्ष भूमिगत
• २०५२ साल फगुन १ गते जनयुद्धको उद्घाटनमा काभ्रे तिमाल कार्बाहीमा सहभागी
• २०५३ सालमा सोलु –ओखलढुङ्गा–रामेछाप–दोलखाको सेक्रेटरी
• २०५४ मा खोटाङ–भोजपुर–संखुवासभा–धनकुटा–तेह्रथुम–पाँचथर र ताप्लेजुङको सेक्रेटरी
• २०५५ मा पूर्वी उप–क्षेत्रीय ब्यूरो सदस्य तथा पूर्वी कमाण्ड सदस्य
• २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी) को केन्द्रीय सदस्य
• २०५७ मा विशेष सैन्य फोर्स (एसटीएफ) को कमिसार
• २०५७ सालमा पार्टी हेडक्वाटरको व्यवस्थापन विभागमा नियुक्त
• २०५८ मा जनमुक्ति सेना बेथान स्मृति ब्रिगेडको कमिसार
• २०६२ मा दोलखा जिल्ला पार्टी ईन्चार्ज
• २०६७ सालमा दोलखा र रामेछाप जिल्ला ईन्चार्ज
• २०७१ सालमा पोलिटब्युरो सदस्य
• २०७२ मा भक्तपुर काभ्रे जिल्ला ईन्चार्ज
• २०७३ मा रामेछाप, दोलखा र सिन्धुपाल्चोक ईन्चार्ज
• २०७३ मा स्थायी कमिटी सदस्य, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्ला ईन्चार्ज
• दर्जनौँ फौजी कारबाहीमा प्रत्यक्ष सहभागी
• सिन्धुली सन्दानेको भिडन्त र बनेपाको पनौती मोर्चामा घाइते
• २०७५ जेठमा नेकपाको केन्द्रीय सदस्य