विश्वकप : जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश

मूलखबर संवाददाता
काठमाडौं, २० मंसिर ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक उपविजेता क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल जानोब स्टेडियममा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३(१ गोलले हराउँदै विजयी बनेको थियो।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल १(१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा समेत दुवै टोलीबाट थप गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा क्रोएसिया विजयी भयो । निर्धारित समयमा सुरुवाती अग्रता जापानले लिएको थियो । जापानका लागि डाईजेन माएदाले ४३औं मिनेटमा गोलको खाता खोलेका थिए ।

त्यसपछि ५५औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । इभान पेरिसिकले डेजन लोभरेनको पासमा बराबरी गोल गरे । त्यसपछि निर्धारित ९० मिनेट र थप समयमा समेत गोल भएन ।

पेनाल्टीमा क्रोएसियाले तीन गोल गर्न सफल भयो । जापानले एउटा मात्र गोल गर्न सक्यो ।

क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग खेल्नेछ । ब्राजिल र दक्षिण कोरियाको खेल आजै राति १२स्४५ बजे हुनेछ । एजेन्सी