प्रतिनिधिसभाका लागि २ हजार ४५२ जनाको उम्मेदवारी दर्ता, गाेरखा २ मा प्रचण्ड, अन्त काे काे ?
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २ हजार ४५२ जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै, प्रदेशसभा सदस्यका लागि ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सहसचिव एवं आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्ति अनुसार तोकिएको समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य जारी रहेको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै छ ।
प्राप्त विवरणअनुसार प्रदेशसभातर्फ ३ हजार ३९ जना पुरुष, २८६ जना महिला र १ जना अन्य गरी जम्मा ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ । गाेरखा २ मा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उमेद्ववारी दर्ता गराएका छन् भने माओवादी महासचिव देव प्रसाद गुरूङले लमजुङबाट उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मनाेनयन दर्ता गराएका छन् भने उपसभापति रामचन्द्र पाैडेलले तनहुँ १ बाट मननेनयन दर्ता गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले झापाबाट मनाेनयन दर्ता गराएका छन् ।