सत्तारूढ गठबन्धनकाे सिट बाँडफाँड टुंगियाे, कसले कहाँ पाए ?
आगामी मंसिर ४ काे संघ र प्सरदेश निर्वाचनको लागि सत्तारूढ गठबन्धनबाट उपेन्द्र यादवकाे दल बाहिरिएपनि लाेसपासहित मिलाएर सिट बाँडफाँडको टुंगाे लागेकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई १९ र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।
लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् । माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी एउटै चुनाव चिन्हमा चुनाव लड्ने सहमति भए अनुसार बाबुरामकाे पार्टीका ४ जनालाई पनि त्यसमै समेटिएको छ ।