प्रचण्ड गाेरखा २ बाट चुनाव लड्ने निर्णय : यसकारण प्रचण्ड गाेरखामा

मूलखबर संवाददाता
काठमाडौं

भीमोदय माविको शिक्षक,जनयुद्धको कमाण्डर र प्रतिनिधिसभा सदस्यको उम्मेदवार
प्रचण्ड गोरखामा : आगामी मंसिर ४ गते देशैभर एकै चरणमा संघिय र प्रादेशिक निर्वाचन हुन गइरहेको छ । निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघिय लाेकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाेरखाबाट निर्वाचन लड्दै छन् । प्रचण्ड माओवादी केन्द्रका मात्रै हाेइन प्रचण्ड नेपाल राष्ट्रका नेता हुन् । नेपालकाे इतिहासमा सबैभन्दा लामाे शसश्त्र जनयुद्वमार्फत २४० वर्षे सामन्ती एकात्मक राजतन्त्रको अन्त्य गरि नेपालमा गणतन्त्र स्थापना गर्न सफल प्रचण्ड संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पिता हुन् । त्यतिमात्र हाेइन २०६३ सालमा प्रचण्डकै शुरू भएको शान्ति प्रक्रियाकाे एकमात्र जिवित हस्ताक्षरकर्ता पनि प्रचण्ड हुन् । प्रचण्डकै नेतृत्वमा शान्ति प्रक्रिया विश्वकै नमुना बन्दै अगाडि बढिरहेको छ र निश्कर्षमा पुग्दैछ । त्यसैले प्रचण्ड क्रान्ति र शान्तिका नेतृत्वकर्ता र प्रतिक हुन् । प्रचण्ड नेपाली जनताका अभिभावक हुन् । उनले नेपाली जनताको चाहना अनुरूप सशस्त्र जनयुद्धमा पनि पटक पटक एकतर्फी युद्वविराम गरि शान्तिमा रूपान्तरण गरेका हुन् । प्रचण्डकै नेतृत्वमा जनयुद्धले समावेशी, सामाजिक न्यायसहितकाे समतामुलक समाजकाे चित्र काेरेकाे थियाे । प्रचण्डले हिमाल पहाड र तराईका आदिवासी जनजाति र लिंगिय, जातिय, क्षेत्रीय उत्पीडनमा पारिएका सबै नेपाली जनताको पक्षमा लगातार आवाज उठाए, उनीहरूकाे अधिकार सुनिश्चित हुनेगरी संविधानसभाबाट संविधान निर्माण गरे र नयाँ नेपालकाे निर्माण गरे । आफ्नाे नीजि पारिवारिक जिवनलाई तिलाञ्जली दिंदै राष्ट्र र जनताको पक्षमा जे गर्दा हित हुन्छ त्यही गर्न प्रचण्ड तयार भए । राजनीतिक रूपमा, कुटनैतिक रूपमा प्रचण्डले हरेक पटक साहसिक र दुरगामी महत्त्वका निर्णय गर्दै आएका छन् । त्यसैले प्रचण्ड गतिशिल र डाइनामिक नेता हुन् । प्रचण्ड नेपाल र नेपालीका साझा प्रतिनिधि हुन् ।

प्रचण्डको निर्वाचन क्षेत्र :
अध्यक्ष प्रचण्डले पहिलो संविधानसभाको निर्वाचन २०६४ मा जनक्रान्तिको केन्द्र रोल्पा र देशको राजधानी काठमाडौंबाट प्रतिनिधित्व गरे । त्यसले जनयुद्व र जनआन्दोलनकाे फ्युजन गर्ने मात्रै हाेइन जनयुद्ध र जनआन्दाेलनका उपलब्धिलाई संस्थागत गर्न भुमिका खेल्याे । अध्यक्ष प्रचण्डले दोश्रो संविधानसभा निर्वाचन २०७० मा जनविद्रोह र मधेशविद्रोहको केन्द्र मधेसको सिराहाबाट प्रतिनिधित्व गरे । जसले मधेसीलाई दाेश्राे दर्जाको नागरिक बनाउने र मधेसलाई राष्ट्र नमान्ने प्रवृत्ति परास्त गर्न र मधेस र मधेसी जनसमुदायलाई सम्मानित नागरिक र नेपालकाे महत्त्वपूर्ण भुभागकाे रूपमा परिचित गराउन भुमिका खेल्याे । अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको लागि भएको पहिलो आम निर्वाचनमा आफ्नो गृह जिल्ला चितवनबाट प्रतिनिधित्व गरे । जसले चितवनलाई भाैगाेलिक रूपमा मात्रै नभई विकास र समृद्विकाे हिसावले पनि अब्बल सावित गर्न भुमिका खेल्याे । चितवनलाई साच्चिकै उन्नत, भ्रष्टाचार मुक्त र विकसित शहर बनाउने प्रचण्डले शुरू गरेकाे याेजनाले सार्थकता पाउँदैछ । अध्यक्ष प्रचण्ड संसदवादी नेतृत्वले झैं एउटै निर्वाचन क्षेत्र समातेर कहिल्यै बसेनन् । बरु उनले देशका विभिन्न निर्वाचन क्षेत्रमा गएर त्यहाँका जनताको भावना, मनोविज्ञान, आन्दोलन, विकास र समृद्धिसँग सहकार्य गरे । अहिले अध्यक्ष प्रचण्ड नेपाल राज्य निर्माणकाे अभियान शुरूवातकाे ऐतिहासिक भूमि, नेपाली जनक्रान्तिको आधारभुमी, माओवादी आन्दोलनको बलियो किल्लाको रुपमा रहेको गोरखामा निर्वाचन लड्दै छन् । प्रचण्ड जहाँ पुग्छन् त्यहाँ शान्ति, विकास र समृद्धिका ढाेका खुलिरहेका छन् । गोरखाली जनता, तिनका प्रतिनिधिहरु र गठबन्धनका सहयात्री दलहरुले आफ्नो प्रतिनिधिको रुपमा सहभागीता जनाउन गरेको आग्रहलाई स्विकार्दै प्रचण्ड आगामी चुनावमा गाेरखाकाे प्रतिनिधिसभाका दुई क्षेत्र मध्ये क्षेत्र नं २ बाट उठ्दैछन् । उनलाई प्रतिनिधिसभामा
विजयी बनाउन गाेरखाली मतदाता आतुर देखिएका छन् ।

कास्कीको ढिकुरपोखरीमा विसं २०११ मा जन्मिएका प्रचण्डले १७ बर्षको उमेरमा २०२८ मा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । तर त्यतिवेला प्रचण्डको बाहिरी परिचय कृषि बिषय पढाउने शिक्षक थियो । शिक्षक पेशासँगै राजनीतिलाई गोरखाबाटै अगाडि बढाएका प्रचण्ड भूमिगत हुनु अघि भीमोदय माविमा पढाउँथे ।
सो स्कूलमा बिज्ञान, गणित र अंग्रेजी बिषय पनि पढाएको अनुभव छ । कम्पोष्ट मलको खाडल र चर्पी बनाउन सिकाउने भन्दै गाउँ प्रवेश गरी प्रचण्डले गाउँका किसानहरुका वीचमा राजनीतिक चेतना जगाएका थिए । गोरखामा पढाउँदा पढाउँदै प्रचण्ड शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए ।

राष्ट्रको अभिभावक अध्यक्ष कमरेड प्रचण्डलाई ऐतिहासिक जिल्ला गोरखा र गोरखाली जनताको तर्फबाट प्रतिनिधिसभा निर्वाचन २०७९ मा विजय गराउँ । प्रचण्डकाे नेतृत्वमा गाेरखामा शान्ति, विकास र समृद्धिकाे ढाेका खाेलाैं । भाैगाेलिक एकीकरण, देशकै पहिला सहिद लखन थापा, जनयुद्धको पहिलाे शहादत दिल बहादुर रम्तेल, महिलाद्वारा गरिएको पहिलाे जेलब्रेक लगायतका विभिन्न विरासतहरूकाे जिल्ला गाेरखालाई फेरि एकपटक राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित र स्थापित गर्ने भुमिकाबाट नचुकाैं ।