इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीसहित एमालेका नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

मूलखबर संवाददाता
काठमाडौं

सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पूर्व मेयर द्वारिक चौधरी सहित नेकपा एमालेका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा आज विहान प्रवेश गरेका छन् ।

उनीहरुलाई आज बिहान पार्टी प्रवेश गराउंदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा सक्रिय थिए भने २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष हुँदै उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।