बेलायती महारानी एलिजावेथकाे ९६ वर्षमा निधन

मूलखबर संवाददाता
काठमाडौं

बेलायतकी महारानी एलिजाबेथको ९६ बर्षको उमेरमा आज मृत्यु भएको छ । आफ्ना पिता जर्ज छैठौंको मृत्यु पश्चात २५ बर्षको उमेरमा गद्दीमा बसेकी एलिजाबेथले बेलायती साम्राज्यको चकचकी, दोश्रो बिश्व युद्धको बिभिषिका र साम्राज्यवादको पतन संगै बिश्व राजनीतिका अनेकौं आरोह अबरोहहरु रानीकै रुपमा देखिन् । बेलायत मात्र होइन, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड सहित १४ वटा देशको Head of the State (महारानी) रहेकी उनी समकालीन बिश्वमा सबभन्दा लामो समय (८० बर्ष) शासन गर्ने राज्यप्रमुख थिइन । उनको मृत्यु पश्चात उनका ७३ बर्षिय छोरा चार्ल्स अब बेलायतको राजा हुनेछन् । महारानी एलिजाबेथको मृत्यु संगै बिश्वको एक जीवित इतिहासको पनि अन्त्य भएको छ । नेपालमा पहिलो दूताबास खोली दुनियामा नेपालको अस्तित्व पुराउने पुरानो मित्रराष्ट्र, नेपालको बिकासको साझेदार मुलुक बेलायतकी महारानी एलिज़ाबेथको निधन प्रति हार्दिक श्रद्धासुमन !