नेप्से ओरालोतिरै, हाइड्रोको शेयर बढ्यो, अरुको कस्तो
सेयर बजारको परिसूचक नेप्से २०६२ अंकमा झरेको छ । मंगलबार दिनभर कुल २ अर्ब ८१ करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ४३।३५ अंक घटेको हो । सबै सूचकहरु घटेका छन् ।
बैंकिङ १८, विकास बैंक १२२, फाइनान्स ६०, होटल तथा पर्यटन ३४, जलविद्युत् ७८, जीवन बीमा १२२, उत्पादन ७०, माइक्रोफाइनान्स १२५, निर्जीवन बीमा १२३, अन्य ५८ र ब्यापार उपसमूहको सूचक ७० अंक घट्यो ।
कुल १७१ कम्पनीको मूल्य घट्दा ९ को बढ्यो भने एउटाको स्थिर रह्यो । हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको मूल्य ६।३ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नबिल बैंक र नेपाल टेलिकम क्रमशस् अगाडि रहे ।