नुवाकोट बेलकाेटगढी केन्द्र भएर बिहानै भुकम्प, काठमाडौंमा जाेडकाे धक्का

मूलखबर संवाददाता
काठमाडौं, २१ साउन

शनिवार विहान नुवाकोटको बेलकाेटगढी केन्द्र भएर भुकम्प आउँदा काठमाडौं उपत्यकामा जाेडकाे धक्का आयाे । विहान ५ बजेर २६ मिनेट जाँदा अाएकाे भुकम्पकाे धक्काले जनजिवनमा त्रास समेत पैदा गर्याे । भुकम्प मापन केन्द्रका अनुसार भुकम्प ५.३ रेक्टर स्केलकाे रहेकाे । काठमाडौं उपत्यका, गाेरखा धादिङ, रसुवा र सिन्धुपाल्चोक सम्म यसकाे बलियो कम्पन अनुभव गरिएको थियाे ।