मंसिर ४ मा निर्वाचन गर्ने सरकारको निर्णय, निर्वाचन एकै चरणमा
सरकराले आगामी मंसिर ४ गते संघिय र प्रादेशिक तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचन एकै चरणमा मंसिर ४ गते नै गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यस अघि हिजो सत्ता गठबन्धनको बैठकले मंसिर ४ मा निर्वाचन गर्ने सहमति गरेको थियो भने माओवादी अध्यक्ष प्रचण्डले पनि आफूले मंसिर ४ मा निर्वाचन गर्नको लागि यस अघि नै सहमति दिइसकेको बताएका थिए ।
प्रधानमन्त्रीका ज्योतिषले पनि मंसिर ४ गते निर्वाचनको शुभ साइत रहेको सुझाव प्रधानमन्त्रीलार्य दिएको कुरा बाहिर आएको थियो ।
लामो अन्यौलतालाई चिर्दै सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अव आर्थिक स्थिति पनि चलायमान हुने अपेक्षा गरिएको छ ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।