अर्थमन्त्री जनार्दन शर्मा निर्दोष रहेको प्रमाणित भयो : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, १३ साउन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले पूर्व अर्थमन्त्री जनार्दन शर्मा निर्दोष रहेको प्रमाणित भएको बताएका छन्।

माओवादी निकट पत्रकारहरूको संस्था प्रेस सेन्टरको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले शर्माले गल्ती गरेको कुनै प्रमाण नभेटिएको बताए।

ुसंसदीय छानबिन समितिलाई दस दिनको समय दिइयो। सात दिन थपियो। आज समितिले प्रतिवेदन बुझायो। उहाँ निर्दोष हुनुहुन्छ, उहाँविरूद्ध केही प्रमाण छैन,प्रचण्डले बैठकमा भने।

खाएको विष लाग्ने, नखाएको कसरी लाग्छ भनेर आफू संसदीय छानबिन समिति बनाउन तयार रहेको उनले बताए।

बजेट राम्रो छ भन्ने हुँदै थियो, सबैले त्यसलाई स्वागत गर्दै थिए। तर अर्थमन्त्रीले मन्त्रालयमा राति १२ बजे अनधिकृत मान्छे ल्याएर करका दरमा हेरफेर गर्‍यो, यसलाई कारबाही गर्नपर्छ भनेर धेरै प्रचार गरियो प्रचण्डले थपे, अनि हामीले, अझ मैले नै पार्टी अध्यक्षको हैसियतले छानबिन गर्न तयार छौं भनेको हुँ।

आर्थिक वर्ष २०७९्०८० को बजेट पेस गर्ने अघिल्लो दिन तत्कालीन अर्थमन्त्री शर्माले करको दर हेरफेर गराउन मन्त्रालयमा अनधिकृत व्यक्ति ल्याएको आरोप लागेको थियो। यसपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए।

सोही दिन उनीमाथि छानबिन गर्न संसदिय विशेष समिति बनेको थियो। समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो। अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ। एमाले सांसदहरूले भने फरक मत बुझाएका छन्। समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो।