जनताले कब्जा गरे राष्ट्रपति भवन, राष्ट्रपति भागे, प्रधानमन्त्री राजीनामा दिन तयार

मूलखबर संवाददाता
काठमाडौं, २५ असार ।

नेपालको दक्षीणी छिमेकी मित्रराष्ट्र देश श्रीलंका अहिले गम्भीर मानवीय र राजनीतिक संकटबाट गुज्रीएको छ । आर्थिक संकटबाट शुरु भएको समस्या विस्तारै राजनैतिक बन्दै गएको छ । देशका सबै कलककारखाना, विद्यालय शिक्षण संस्थाहरु ठप्प प्राय छन् । इन्धन किन्न नसकेपछि दैनिक गुजाराका साधन सबैको मुल्य आकाशीएको छ । जनताहरुको अक्रोस अहिले राष्ट्र सञ्चालक राष्ट्रपति प्रधानमन्त्री र मन्त्रीहरुको विरुद्ध सोझिएको छ । शनिवार लाखौंको जनताको जुलुसले राष्ट्रपति भवन कब्जा गरेको छ भने प्रधानमन्त्रीको निजी निवासमा आगजनी गरेको छ ।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ।

शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो।

प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो।

राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए।

सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताउनुभएको उल्लेख गरिएको छ।

दशौं हजार प्रदर्शनकारीहरूले प्रदर्शनका लागि लगाइएको प्रतिवन्ध तोडेर राष्ट्रपति गोटबाया राजपाक्षको निवास र कार्यालयमा प्रवेश गरी नाराबाजी गरेका थिए। उनीहरूले वर्तमान् नेतृत्वले श्रीलङ्काको आर्थिक, इन्धन तथा अन्य क्षेत्रमा देखिएको सङ्कटको समाधान दिन नसकेको भन्दै नाराबाजी लगाएका थिए।