अर्थमन्त्रीले नैतिकता देखाउनुभयो, नैतिकता र त्यागको सन्देश गएको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री तथा पार्टीका नेता जनार्दन शर्मा प्रभाकरले नैतिकता प्रदर्शन गरेर माओवादीको साख बचाएको बताउनुभएको छ ।
पार्टीको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले भन्न्भयो, ‘अर्थमन्त्रीजीले कुनै गल्ती नगरेको बताउनु भएको छ। त्यहीकारण उहाँको राजीनामाबाट राजनीतिक चरित्र, नैतिकता र त्यागको सन्देश गएको छ, उनले भने, ुसंसदमा पनि कुरा आइसकेपछि शर्माजीले आफ्ना कुरा राखेर पद त्याग्दै नैतिकता देखाउनु भएको छ।’
अध्यक्ष प्रचण्डले शर्माको राजीनामाबाट सत्ता गठबन्धनमाथिको खतरा पनि टरेको बताउनुभयो। यदि शर्माले राजीनामा नदिएको भए यही मुद्दालाई उचालेर गठबन्धन खतरामा पार्ने योजना बनिसकेको थियो, प्रचण्डको थप भनाई थियो ।
गठबन्धन संकटमा पार्ने योजनालाई शर्माको राजीनामाले मुख बन्द गरिदिएको पनि उहाँले बताउनुभयो। ुगठबन्धन फुटाउने डिजाइन शर्माले त्याग गरेर असफल बनाइदिनु भएको छ। यसलाई लिएर बाँडिएका भ्रमबारे कार्यकर्ता र जनतालाई थाहा दिन सक्नुपर्छ,’ प्रचण्डको भनाई थियो ।
अर्थमन्त्री रहेका शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यत्तिःलाई बोलाएर करको दर हेरफेर गरेको आरोप लगाएर प्रमूख प्रतिपक्षी सहित नागरिक समाज समेतले प्रश्न उठाएपछि बनेको संसदिय छानविन समितिलाई सजिलो हुने गरी सहयोग गर्न हिजोको संसदबाट राजीनामा घोषणा गर्नुभएको थियो ।