संसदमा ओलीको दाबी : एसपीपीबारे आफ्नो संलग्नता छैन, सेनाले हातले मिति लेखेर फसायो

मूलखबर संवाददाता
काठमाडौं, २० असार

प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले एसपीपीमा आफ्नो संलग्नता नभएको तर प्रधानसेनापतिले फसाउन खोजेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्दै ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०बारे प्रधानसेनापति प्रभुराम शर्माले संसदीय समितिमा दिएको अभिव्यक्तिमाथी रोस्ट्रमबाट प्रश्न उठाएका हुन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एसपीपीबारे आफ्नो संलग्नता नभएको दाबी गर्दै ओलीले सेनाले पत्रमा चलानी र मिति हातले लेखेको हो कि भन्ने आशंका गरे । एसपीपीसम्बन्धी पत्राचारमा तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री आफू रहेको र त्यसबारे आफूलाई अवगत नगराइएको बताएका थिए । सरकारी कागजपत्रहरूमा त्यस्तो चलानी नम्बर हेरफेर गरी पठाउनेस मिति हातले लेख्नेस चलानी नम्बर पछि हातले लेख्ने यस्तो प्रचलन हुँदैन । तर‚ म प्रधानमन्त्री भइसकेपछि पत्र पठाइएको भनेर अहिले जुन आएको छ‚ त्यसको सत्यतथ्य आउनुपर्छ । यो सत्यतथ्य बाहिर ल्याउनुपर्छ, प्रधानसेनापतिको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले सोधे, नेपाली सेनाले प्रचलन हो भनेको छ । यस्तो प्रचलन पनि हुन्छ र रु प्रचलनै हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई पनि नबताउने प्रचलन पनि हुन्छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको असार ३ को बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा पत्रमा मिति हातले लेख्ने प्रचलन रहेको बताएका थिए । त्यतिबेला एसपीपीबारे दूतावासमा सेनाले पठाएको पत्रमा मिति हातले लेखिएको भनेर प्रश्न उठेको थियो । त्यसको जवाफमा प्रधानसेनापतिले भनेका थिए, टाइप नगरिकन हातले किन मिति लेखेको भन्नुभयो । हाम्रो आर्मीमा के चलन छ भने हजुर आज चिठी लेखेपछि आजै हुँदैन । मेरो अफिसमा हिजोदेखिका चिठी छन् । त्यसमा मिति खाली हुन्छ । जसले चिठीमा हस्ताक्षर गर्छ उसैले मिति लेख्ने चलन छ हजुर । एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका पूर्वरक्षामन्त्री ईश्वर पोखरेलले उठाएको प्रश्नमा प्रधानसेनापतिले उक्त जवाफ दिएका थिए ।

ओलीले एसपीपीबारेको विषय गम्भीर भएको बताए । उनले राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रतालगायतका विषयसँग गम्भीर रहेको धारणा राखे । उनले एसपीपी सम्झौतामा आफूलाई पनि मुछ्न खोजिएको भन्दै संसदमा नै आपत्ति जनाएका हुन् ।