जसपाको विवाद : उपेन्द्र पक्षले बदल्यो ३ मन्त्री, राजेन्द्र श्रेष्ठ कायमै
सत्तारुढ दल जनता समाजवादी पार्टीको आन्तरिक विवादले गर्दा मन्त्री हेरफेर गरिएका छन् । बाबुराम र उपेन्द्र पक्षबीच भएको विवादपछि उपेन्द्र पक्षले बहुमतको डण्डा प्रयोग गर्दै मन्त्रीमण्डमा सहभागि भएका मन्त्री हेरफेर गरेको हो । तर राजेन्द्र श्रेष्ठ भने मन्त्रीमा कामै रहेका छन् उनी अशोक राई पक्षधर सांसद हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ।
जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीहरुको परिवर्तन गरेको हो। यसअघि भौतिकमन्त्रीमा रेणु यादव, कृषिमा महिन्द्रराय यादव र वनमन्त्रीमा रामसहाय यादव थिए।
अघिल्लो हप्तामात्रै नेकपा एकीकृत समाजवादीका तर्फबाट आफ्ना मन्त्रीहरुको हेरफेर भएको थियो।