पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलमा २१ रुपैयाँ, डिजेलमा २७ रुपैयाँ बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरी भारी वृद्धि गरेको छ।
आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले अहिलेसम्मको धेरै मूल्य वृद्धि गरेको हो। पेट्रोल प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले बढेको नेपाल आयल निगमले जनाएको छ।
एकै पटक यती धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिलो पटक हो। खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत रहेको छ। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ पुगेको छ।
पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिले सर्वसाधारणको ढाड सेक्ने निश्चित छ । यसकारण सर्वत्र विरोध र आक्रोश देखिएको छ ।
आयल निगमले युक्रेनमा भएको युद्धका कारण अन्तराष्ट्रिय क्षेत्रमा मुल्य बढेको कारण देखाउँदै मुल्य वृद्धि गर्न बाध्य भएको बताएको छ तर राज्यको यो रवैया खेदजनक छ ।