एल.जी. ब्राण्डको वाईफाई बाट चल्ने ए.सी. नेपाली बजारमा

मूलखबर संवाददाता
काठमाडौं, २० जेठ

एल.जी. ब्राण्डले स्र्माट थिङक्यु भएको वाईफाई बाट चल्ने ए.सी. नेपाली बजारमा ल्याएको छ । एल.जी संसार भरी आफ्नो नवीनता घरायसी सामाग्रीको लागि लोकप्रिय रहेको छ ।

यस स्मार्ट थिङक्यु भएको एस.सी.लाई तपाईले वाईफाई मार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाईबाट चलाउन सक्नुहुनेछ, साथै आफ्नो आवाजले पनि वाईफाई मार्फत नियन्त्रण गर्न सक्नुहुनेछ । इन्भटर्र प्रविधि भएको यस एस.सी. मा १० वर्षको वारेण्टी रहेको छ ।

एल.जी. डुएल इन्भर्टर ए.सी. सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ । एल.जी. ए.सी.मा एन्टी भाईरस फिल्टर रहेको यस ए.सी. ले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९% सम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्दछ ।

डुएल इन्भर्टर कम्प्रेसर रहेको यस ए.सी.ले ७०% विजुली बचत गर्दछ साथ साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ ।
एल.जी. घरायसी सामाग्रीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ ।