काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उमेदवार बालेन साह निर्वाचित
काठमाडौं महानगरपालिकाकाे प्रमुखमा स्वतन्त्र उमेदवार बालेन साह निर्वाचित भएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनको अन्तिम नतिजा बिहीबार अाउँदा बालेनले २३ हजार बढी मतान्तरसहित जित निकालेका हुन् ।
साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।